एमाले तनहुँको बैठक: इन्चार्ज महतलाई स्वागत

Devghat Online

शेयर गरौ

दमौली, जेठ ३१

नेकपा एमाले जिल्ला कमिटी तनहुँको पुर्ण बैठक जिल्ला पार्टी कार्यालय दमौलीमा सुरु भएको छ ।

जिल्ला कमिटीका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले जिल्ला कमिटीका सदस्यहरुले आ आफ्नो कार्यक्षेत्रको रिपोर्टिङ, पार्टी सदस्यता नविकरण तथा लेवी शुल्क, उपनिर्वाचनको समिक्षा लगायतको विषयमा छलफल हुने सचिव राजेश्वर ढकालले बताए ।

बैठकमा केन्द्रीय कमिटीको बैठकबाट तनहुँ जिल्ला इन्चार्जको जिम्मेवारी पाएका केन्द्रीय सदस्य तिलक महतलाई स्वातगत गरि इन्चार्जसीप प्रदान गरिएको थियो । यसअघिका जिल्ला इन्चार्ज पोलिट्व्युरो सदस्य टुकराज सिग्देलले महतलाई आफ्नो जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

बैठकमा जिल्ला कमिटीका अध्यक्ष श्रेष्ठले अघिल्लो बैठकबाट हालसम्म भएका निर्णय कार्यान्वयन र पार्टीको गतिविधिको बारेमा आफ्नो प्रतिबेदन प्रस्तुत गरेका थिए ।

बैठकमा केन्द्रीय सदस्यद्वय भगवती न्यौपाने र सविता रसाइली, केन्द्रीय सल्लाहकारद्वय एकबहादुर राना र नरेन्द्र वाग्ले, प्रदेश कमिटीका पदाधिकारी, सदस्य र जिल्ला कमिटीका सदस्यहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण