निर्माण सामाग्रीको मौज्दात प्रमाणित गर्न व्यवसायीलाई सुचित

Devghat Online

शेयर गरौ

देवघाट, जेठ ३१

तनहुँको देवघाट गाउँपालिकाले गाउँपालिकाका क्षेत्रभित्र रहेका निर्माण सामाग्री (ढुङ्गा, गिटी, बालुवा, माटो) व्यवसायीहरुले प्रत्येक आर्थिक वर्षको जेठ मसान्त भित्र उत्खनन गरेको निर्माण सामाग्री स्टक प्रमाणित (मौज्दात बैधता मापन) गर्न सबै व्यवसायीलाई सुचित गरेको छ ।

गाउँपालिकाले बुधबार सुचना प्रकाशित गरि चालु आर्थिक वर्ष २०७९÷०८० मा देवघाट गाउँपालिका क्षेत्रभित्र आफुले ठेक्का वा खरिद मार्फत प्राप्त गरी मौज्दात भन्डारण (स्टक) गरी राखेको निर्माण सामाग्रीहरुको परिमाण खुलेको कागजातसहित सात दिन भित्र प्रमाणित गर्न व्यवसायीहरुलाई सुचित गरेको हो ।

गाउँपालिकाले निर्माण सम्बन्धि सामाग्री प्राप्तीको ठेक्का वा खरिद सम्बन्धि कागजात, मौज्जाद खुलेको विवरण, भण्डारणकोलागि स्थानीय तहसँग लिएको अनुमतीपत्र तथा सो कार्य गर्न सम्बन्धित फर्म या कम्पनीले लिएको इजाजत पत्रका साथ गाउँपालिकामा सात दिन भित्र निबेदन दिन सबै व्यवसायीहरुलाई सुचित गरेको हो ।

आगामी असार ६ गते देखि गाउँपालिकाद्वारा स्टक प्रमाणित भएको बिन्दु वा विक्रेताबाट मात्र ढुङ्गा, गिटी तथा बालुवा बिक्री वितरण गर्न पाइने गाउँपालिकाले जनाएको छ ।

स्टक प्रमाणित नभएको बिक्री केन्द्र, व्यवसायी वा अन्य कसैले नदीजन्य पदार्थको बिक्री वा ओसार पसार गरेमा त्यस्तो ढुङ्गा, गिटी र बालुवाको प्राप्तीको श्रोत नखुलेमा उक्त सामाग्री अवैध ठहर गरी जफत तथा कारवाही हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण