बन्दिपुरमा एमालेको बैठक सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, असार ४

नेकपा एमाले बन्दिपुर गाउँ कमिटिको विस्तारित बैठक सोमबार बन्दिपुरमा सम्पन्न भएको छ ।

सो बैठकमा प्रमुख अतिथी नेकपा एमालेका केन्द्रिय सदस्य एवं तनहुँ जिल्ला इन्चार्ज तिलकबहादुर महतले पार्टी सुदृढिकरणकोलागि सबै कार्यकर्ताहरु सक्रिय भएर लाग्नु पर्ने बताए ।

नेकपा एमाले बन्दिपुर गाउँ कमिटिका अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न सो बैठकमा केन्द्रिय सदस्य तथा क्षेत्र नम्बर १ की इन्चार्ज भगवती न्यौपाने, गन्डकी प्रदेश कमिटिका सदस्यहरु इन्द्रबहादुर कुँवर, घनश्याम देवान, जिल्ला सचिवालय सदस्य शंकर रानाभाट लगायतले मन्तव्य राखेका थिए ।

नेकपा एमालेको संगठन सुदृढिकरण अभियान अन्तर्गत उक्त बैठक आयोजना गरिएको हो । बैठकले असार ७ गते भित्र सबै पार्टी सदस्यको लेबी र सदस्यता नविकरण गरिसक्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भुमिहिनको वैज्ञानिक र न्यायोचित व्यवस्थापनमा हामी प्रतिबद्धः अध्यक्ष चुमान

तनहुँ । बैशाख २० तनहुँको ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भुमिहिनको वैज्ञानिक र न्यायोचित व्यवस्थापनमा