एमाले शुक्लागन्डकीको बैठक सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, असार ६

नेकपा (एमाले) शुक्लागण्डकी नगर पालिकाको १० औं पुर्ण बैठक कमिटीका अध्यक्ष मुक्तिनाथ तिम्सिनिको अध्यक्षतामा र पार्टी केन्द्रीय सदस्य सबिता रसाइलीको प्रमुख आतिथ्यतामा बुभबार सम्पन्न भयो ।

बैठकमा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्यद्वय एकबहादुर राना र नरेन्द्रराज वाग्ले, गन्डकी प्रदेश कमिटी सचिवालय सदस्य रामचन्द्र उपाध्याय, नारायण खनाल, तनहुँ जिल्ला कमिटी सचिव तथा नगर इन्चार्ज राजेश्वर ढकाल, जिल्ला कमिटी सदस्य दीर्घबहादुर थापा लगायतले सुझाव र मार्गनिर्देशनात्मक मन्तव्य राखेका थिए । नगर सचिव रघुनाथ पौडेलले सन्चालन गरेको बैठकमा अतिथि र सहभागिहरूलाई स्वागत उपसचिव युवराज शर्माले गरेका थिए ।

बैठकले हालसम्म नविकरण भएका सबै पार्टी सदस्यहरुको अभिलेख जिल्ला कमिटीमा बुझाउने निर्णय गरेको छ भने असार १० गते भित्र बाँकी सबै पार्टी सदस्यको नविकरण गरिसक्ने निर्णय पनि गरेको छ । त्यस्तै वडा कमिटीबाट सङ्कलित नयाँ पार्टी सदस्यता आवेदन माथि छानबिन र छलफल गरी जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय पनि गरिएको नगर कमिटिका सचिव रघुनाथ पौडेलले जानकारी दिए ।

त्यस्तै पार्टी आन्दोलनलाई आघात पुग्ने गरी ब्यक्ति केन्द्रित सामाजिक सञ्जालमा प्रस्तुत हुने, बैठकको वेवास्ता गरी बिना जानकारी चार पटकसम्म उपस्थित नहुने सदस्यहरूलाई के कति कारण यस्तो भयो भनि स्पष्टिकरण माग्ने निर्णय पनि भएको ।

यसैगरि अनेमसंघ गन्डकी प्रदेश कमिटीमा निर्वाचित शुक्ला गण्डकी नगर कमिटिमा रहेका फुलमाया वाग्ले, सिता महत, गिता महत र सानुमाया महतलाई बधाई तथा शुभकामना दिने तथा अनेमसंघ नगर इन्चार्जको रिक्त जिम्मेवारी सरस्वती पोख्रेललाई तोक्ने सर्बसम्मत निर्णय भएको सचिव पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४