सुनचाँदीमा लगाईएको कर र आयत गर्ने सिमा हटाउनु पर्ने माग

Devghat Online

शेयर गरौ

दमौली, असार ६

नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ तनहुँले सुनचाँदीको गरगहनालाई विलासी बस्तुको रुपमा परिभाषित गरि २ प्रतिशत कर लगाउने निर्णय हटाउन माग गरेको छ । विहिबार प्रमुख जिल्ला अधिकारी मार्फत अर्थमन्त्री र आन्तरिक राजश्व कार्यालय मार्फत आन्तरिक राजश्व विभागका महानिर्देशकलाई ज्ञापनपत्र बुझाउँदै संघले आगामी आर्थिक वर्षको बजेटमा सुनचाँदीका गरगहनामा २ प्रतिशत विलासिता कर लगाउने र भन्सारदर बृद्धि गर्ने, झिटिगुन्टा भारीको व्यवस्थामा परिवर्तन गरि पुरुषलाई २५ ग्राम र महिलालाई ५० ग्राम सम्म भन्सार छुटमा गरगहना ल्याउन पाउने गरि व्यवस्था गरिएबाट देशैभरका सुनचाँदी गरगहना व्यवसायी तथा आम उपभोक्तामा नकारात्मक असर परेको हुँदा त्यस्तो व्यवस्था हटाउन माग गरेको छ ।

संघले सुनचाँदीमा लगाईएको २ प्रतिशत विलासिताको कर खारेज हुनु पर्ने, भन्सार दरमा ५० प्रतिशत बृद्धि गरिएकोमा त्यसलाई पुनराबलोकन गरि सुनचाँदीको आयात खुल्ला प्रणाली मार्फत व्यवसायी र बैंकलाई खुल्ला गरिनुपर्ने, साथै व्यवसायीको प्यान नम्बरमा आधारित भई आवश्यकता अनुसार कच्चा पदार्थ सुनचाँदी उपलब्ध हुने व्यवस्था गरिनु पर्ने माग गरेको छ ।

त्यस्तै नेपालबाट बिदेश लिएर गएको गहना समय सिमा नतोकी नेपालमा खरिद गरिएको बिलको आधारमा निर्वाधरुपमा नेपाल फिर्ता ल्याउन पाउनु पर्ने, झिटीगुन्टा भारी अन्तर्गत बिदेशबाट नेपाल फर्कदा ल्याउन पाउने सुविधाको परिमाणमा लैङ्गिक विभेद नगरि ५० ग्राम कायम गर्न र बेरुवा औंठी, बाला, सिक्रि जस्ता कम नोक्सानी हुने गहना ल्याउन बन्देज लगाई नेपाली कालिगढको रोजगार खोस्ने गरि बिदेशी कालिगढहरुबाट बनाईएका गरगहनामात्र ल्याउन पाउने व्यवस्थालाई संशोधन गर्नु पर्ने माग समेत गरेको छ ।

संघका अध्यक्ष सोमबहादुर विकले हस्ताक्षर गरेको ज्ञापनपत्रमा नेपालीहरुर्ला तोकिएको परिमाण भन्दा बढि गरगहना ल्याउँदा भन्सार लागेपनि भारतबाट आउने यात्रुहरुलाई विशेष सुविधा हुने गरि बैवाहिक कार्यक्रममा आउँदा भन्सार टिपाएर मात्र पुग्ने र भन्सार तिर्न नपर्ने गरि ल्याउन पाउने व्यवस्था हटाइनु पर्ने तथा नेपालको सुनबजारलाई भारतीय गहनाको डम्पिङ साईट हुन नदिई राष्ट्रिय व्यवसायको संरक्षण गरिनु पर्ने माग गरिएको छ ।

संघका सदस्य मनोज सुवर्णकारले बजेटमा व्यवस्था भएको परम्परागत पेशा तथा व्यवसायलाई संरक्षण गर्ने व्यवस्थाको विपरित सरकारले सुनचाँदी व्यवसायलाई अप्ठ्यारोमा पार्ने काम भएकोले त्यसलाई सुधार गर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४