म्याग्दे गाँउपालिकाको वजेट ५५ करोड ५३ लाख

Devghat Online

शेयर गरौ

दमौली, असार १०

तनहुँको म्याग्दे गाँउपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को वजेट वजेट ५५ करोड ५३ लाख ५० हजार प्रस्तुत भएको छ । गाँउपालिकाको १४ औ गाँउसभाको बैठकमा गाउँपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले सो वजेट प्रस्तुत गरेका थिए ।

जसमा संघिय सरकारवाट प्राप्त हुने वित्तिय समनिकरण अनुदान रु ९ करोड ५१ लाख, सशर्त चालु अनुदान रु १६ करोड २१ लाख, राजश्व वाँडफाँडवाट प्राप्त हुने ८ करोड ३२ लाख ५६ हजार ५ सय, विशेष अनुदान वापत १ करोड ५ लाख, समपुरक अनुदान वापत रु ५० लाख गरि कुल जम्मा संघिय सरकारवाट ४६ करोड ४९ लाख ५६ हजार ५ सय प्राप्त हुने प्रक्षेपण गरिएको छ भने गण्डकी प्रदेश सरकारवाट प्राप्त हुने वित्तिय समनिकरण अनुदान १ करोड २१ लाख ६१ हजार, राजश्व वाँडफाँडवाट प्राप्त हुने ६० लाख १० हजार, विशेष अनुदान वापत रु ५० लाख, समपुरक अनुदान वापत रु १ करोड प्राप्त हुने प्रक्षेपण गरेको छ ।

त्यस्तै सडक वोर्ड वाट आम्दानी ३० लाख, आन्तरिक आय २०७९÷०८० मा खर्च नभएको जिम्मेवारी सर्ने समेत ७ करोड ४२ लाख २२ हजार ५ सय, अगामी आर्थिक वर्षमा आन्तरिक आम्दानीवाट हुने आय रु ५ करोड, विपद व्यवस्थापन कोषको अल्या १० लाख, लागत साझेदारीमा जनसहभागितावाट प्राप्त हुने रु १ करोड ५० लाख, विभिन्न गैरसरकारी संस्थावाट प्राप्त हुने आय रु १० लाख, संघ संस्था र प्रदेशको विभिन्न कार्यक्रमहरुमा गाँउपालिकाको सहभागितावाट वेहोर्नपर्ने रकम रु १० लाख, मालपोत कार्यलय तनहुँवाट घरजग्गा रजिष्ट्रेशन दस्तुरवाट प्राप्त हुने आय ५० लाख गरि कुल ५५ करोड ५३ लाख ५० हजार हुने गाँउपालिकाले प्रक्षेपण गरेको छ ।

गाउँपालिकाले स्थानिय राजनैतिक दल, संघसंस्थाहरु विद्धतवग, आम नागरिक, नागरिक समाज, संचारजगत लगायत सवैवाट प्राप्त सुझावलाई समेत आधार मानी वढ्दो आर्थिक मन्दिका कारण मेलुकमा देखा परेको आर्थिक संकटलाई न्यनीकरण गर्न चालु तथा प्रशासनिक खर्चलाई कटौती गर्दे तिव्र, उच्च, फराकिलो र समावेशी हुने गरि वजेट तथा कार्यक्रम तर्जुमा गरेको गाउँपालिकालका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर