देवघाटको बजेट ५० करोड ६६ लाख

Devghat Online

शेयर गरौ

दमौली, असार १०

तनहुँको तनहुँको देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्षकोलागि ५० करोड ६६ लाख ९८ हजार ६ सय रूपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । १२ औं गाउँसभामा आईतबार गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले उक्त बजेट प्रस्तुत गरे ।

देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ मा योजनाबद्ध शहरीकरण र गुणस्तरीय पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । देवघाटले सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने संकल्प समस्त गाउँपालिका बासीको समृद्धिको चाहाना र जनप्रतिनिधिका प्रतिबद्धताहरु रहेको जनाएको छ ।

दिगो विकासको राष्ट्रिय लक्ष्यहरुको स्थानीयकरण गर्दे गुणस्तरीय पूर्वाधार निर्माण सहित स्थानीय स्रोतको पहिचान र परिचालन गरी समाबेशी, जलवायु उत्थानशील तथा दिगो स्थानीय आर्थिक बिकास मार्फत समृद्ध देवघाट गाउँपालिका र सुखी जनताको लक्ष्य हासिल गर्न सार्बजनिक, निजीक्षेत्र र समुदायको साझेदारि विकास गर्ने गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए ।

देवघाट गाउँपालिकालाई उत्कृष्ट गन्तव्यको रुपमा स्थापित गर्ने, भूमिहिन अव्यवस्थित बसोवासीहरुको वैज्ञानिक व्यवस्थापन गर्ने, स्वच्छ, सफा र सुन्दर देवघाट गाउँपालिकाको पहिचान कायम राख्दै योजनावद्ध शहरीकरण तथा वस्ती विकासकोलाई गाउँपालिकाले प्राथमिकतामा राखेको अध्यक्ष थापाले बताए ।

गाउँसभाले यस अघि गत असार ५ गतेको बैठकमा अध्यक्ष थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई संशोधन सहित सर्वसम्मतीले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक