आदिकवि भानुभक्त क्याम्पसमा ह्याप्पिनेस प्रोगाम सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, असार १२

आदिकवि भानुभक्त क्याम्पस दमौलीमा गतबुधवारदेखी सञ्चालन भएको ६ दिने ह्याप्पिनेस प्रोगाम मङ्गलवार सम्पन्न भएको छ । उक्त कार्यक्रम क्याम्पसले आफ्ना विद्यार्थी र प्राध्यापक तथा कर्मचारीहरुको लागि आयोेजना गरेको थियो ।

असार ६ गते कार्यक्रमको उद्घाटन व्यास नगरपालिकाको प्रमुख वैकुण्ठ न्यौपानेले गरेका थिए । । उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिको अध्यक्ष बुद्विमान श्रेष्ठ, कक्षा ११÷१२ को व्यवस्थापन समितिको संयोजक ऋषिराम ढुङ्गाना, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी, सागर पौडेल, प्रशासकीय अधिकृत वसन्ती थापा आले मगर, स्ववियु अध्यक्ष गौरव पन्थ लगायत स्ववियु पदाधिकारी सदस्य, प्राध्यापक, कर्मचारी एवम् विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

असार १२ गते मंगलबार भएको समापनमा कार्यक्रममा बोल्दै न्यौपोनेले आ.व.२०८०÷०८१ को व्यास नगरपालिकाको बजेटमा नगर भित्र योग, ध्यान तथा धार्मिक सभा भवन निमाणर्को लागि बजेट प्रस्ताव गरेको बताए । सो कार्यक्रम पेशागत जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दा प्राध्यापक एवम् कर्मचारीहरुले दवाव, झमेला र मानसिक तनाव बाट ग्रसित हुनपर्ने भएकोले त्यसबाट मुक्त गराउनको लागि आयोजना गरिएको थियो ।

आर्ट अफ लिभिङ ईन्टरनेशनल सेन्टर, ब्याङलोर भारतका संग आबद्ध, आध्यात्मिक गुरु श्री श्री श्री रवि शंकर गुरुदेवका शिष्य एवं आर्ट अफ लिभिङ्गका मुख्य प्रशिक्षक स्वामी डा.पूणर्तेजजी र ह्याप्पीनेश कार्यक्रमका प्रशिक्षक एवं नेपाल सरकारका उपसचिव उर्मीला काफ्लेले प्रशिक्षण दिनुभएको थियो । ६ दिनमा २० घण्टा सञ्चालन गरिएको ह्याप्पिनेस प्रोग्राममा पहिलो चरणमा वि.वि.ए. कार्यक्रममा अध्ययनरत ४६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो भने दोश्रो चरणको कार्यक्रममा प्राध्यापक÷कर्मचारीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा स्वामी डा. पूणर्तेजले योग, ध्यान, प्रणायम, सुदर्शन क्रिया, वैदिक ज्ञानका विषयमा अभ्यास तथा प्रशिक्षण दिनुभएको थियो । सो अवसरमा सहभागीहरुले ६ दिनको सिकाईबाट तनाव, चिन्ता र दुःखबाट राहात मिलेको, शरिरलाई स्वास्थ्य राख्न सहज भएको, सृजनात्मक तथा सकारात्मक सोचको विकास भएको, निणर्य क्षमता र आत्मविश्वासमा विकास भएको महसुस गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण