गर्भवती, सुत्केरी र बालबालिकालाई पोषण खाना प्रर्वद्धन

Devghat Online

शेयर गरौ

दमौली, असार १३

व्यास नगरपालिकाको स्वास्थ्य शाखाले दमौली अस्पतालमा गर्भवती महिला तथा बालबालिकाहरुको लागि पोषिलो खाना प्रवद्र्धन तथा प्रदर्शनी कार्यक्रम गरेको छ । मातृ शिशु स्वास्थ्यमा सुधार, सुरक्षित प्रसूति सेवामा पहुँच बढाउने र कुपोषण न्यूनीकरणका लागि कार्यक्रम गरिएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।

स्तनपान गराउने, सुत्केरी र गर्भवती महिलालाई पोलिस नगरेको चामल, अण्डा, गेडागुडी तथा क्वाँटी, शुद्ध तोरीको तेल, हरियो तरकारी तथा सागपात, फलफुल, सर्वोत्तम पिठो, ज्वानोलगायतका खाद्य सामाग्री प्रर्दशनीमा राखिएको थियो ।

यस्तै बालबालिकाहरुलाई सर्वोत्तम पिठो, अण्डा, केरा, तरकारीलगायत सामाग्री प्रर्दशनीमा राखिएको थियो । पोषणयुक्त खानेकुराको सही मिश्रणले मात्रै राम्रो नतिजा दिने सोतीले बताए । बालबालिका तथा गर्भवती महिलालाई खानेकुरा दैनिक रुपमा मिलाएर खाने तरिकाका बारेमासमेत प्रदर्शनीमा जानकारी गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो