गर्भवती, सुत्केरी र बालबालिकालाई पोषण खाना प्रर्वद्धन

Devghat Online

शेयर गरौ

दमौली, असार १३

व्यास नगरपालिकाको स्वास्थ्य शाखाले दमौली अस्पतालमा गर्भवती महिला तथा बालबालिकाहरुको लागि पोषिलो खाना प्रवद्र्धन तथा प्रदर्शनी कार्यक्रम गरेको छ । मातृ शिशु स्वास्थ्यमा सुधार, सुरक्षित प्रसूति सेवामा पहुँच बढाउने र कुपोषण न्यूनीकरणका लागि कार्यक्रम गरिएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।

स्तनपान गराउने, सुत्केरी र गर्भवती महिलालाई पोलिस नगरेको चामल, अण्डा, गेडागुडी तथा क्वाँटी, शुद्ध तोरीको तेल, हरियो तरकारी तथा सागपात, फलफुल, सर्वोत्तम पिठो, ज्वानोलगायतका खाद्य सामाग्री प्रर्दशनीमा राखिएको थियो ।

यस्तै बालबालिकाहरुलाई सर्वोत्तम पिठो, अण्डा, केरा, तरकारीलगायत सामाग्री प्रर्दशनीमा राखिएको थियो । पोषणयुक्त खानेकुराको सही मिश्रणले मात्रै राम्रो नतिजा दिने सोतीले बताए । बालबालिका तथा गर्भवती महिलालाई खानेकुरा दैनिक रुपमा मिलाएर खाने तरिकाका बारेमासमेत प्रदर्शनीमा जानकारी गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा