निर्मल माविमा कक्षा ११ मा विज्ञान बिषय पढाई हुने

Devghat Online

शेयर गरौ

दमौली, असार १४

व्यास नगरपालिका–१ भादगाउँ स्थित निर्मल माविमा अबदेखी कक्षा ११ मा विज्ञान विषय पढाई हुने भएको छ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने उद्देश्यले यसै शैक्षिक सत्रदेखी कक्षा ११ मा विज्ञान विषय पढाउने तयारी भएको विद्यालयका प्रअ गणेशचन्द्र बस्नेतले बताए ।

यस अघि कक्षा ११ र १२ मा शिक्षा, व्यवस्थापन, कानुन, सिभिल इन्जिनियरको अध्यपान गराउदै आएको उक्त विद्यालयले अव देखी विज्ञान विषय पढाउने भएको शिक्षक अभिभावक संघका अध्यक्ष हरि शरण खनालले बताए ।

विधाथीहरूको माग अनुसार र भौतिक पुर्वधार पश्चात विज्ञान विषय पढाउने तयारी भएको प्रअ बस्नेतले बताए । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुले आफ्नो घर नजिकै न्युन शुल्कमा विज्ञान विषय पढाउन लागिएको खनालले बताए ।

वि.सं २०२५ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल नौ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले