भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या

Devghat Online

शेयर गरौ

दमौली, साउन १७

तनहूँको व्यास नगरपालिका-५ मानुङका ५६ बर्षिय श्रीप्रसाद आलेले भरुवा बन्दुकको गोली हानेर ४७ बर्षिया श्रीमती गिता आलेको हत्या गरेका छन् ।

मंगलबार राती ११ बजे श्रीप्रसादले आफ्नै घरमा सामान्य विवाद हुदा श्रीमतीलाई गोली हानेका थिए । गोली लागि घाइते भएकी गीतालाई उपचारको लागि दमौली अस्पताल ल्याईएकोमा राती १२ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

श्रीप्रसादलाई राती नै प्रहरीले पक्राय गर्यो । उक्त घटनाको थप अनुसन्धान भईरहेको डिएसपी खाँणले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण