नेपाली काँग्रेस नियमित महाधिवेशन पक्षधरको जिल्ला सभापतीमा गौतम

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर ३

नेपाली काँग्रेस नियमित महाधिवेशन पक्षधरको तनहुँ जिल्ला सभापतीमा प्रा.डा. कृष्णप्रसाद गौतम निर्वाचित भएका छन् । सो समुहको बुधबार दमौलीमा सम्पन्न भएको १५ औं जिल्ला अधिवेशनबाट गौतम जिल्ला सभापतीमा सर्वसम्ममत निर्वाचित भएका हुन् ।

अधिवशेनबाट जिल्ला कार्यसमितिको उपसभापतीद्वयमा डम्बर अधिकारी र हिरालाल गुरुङ तथा सचिवमा माधव खनाल निर्वाचित भएका छन् । गौतम अधिवशेन अघि जिल्ला संयोजक थिए भने अधिकारी र खनाल क्रमशः सह संयोजक र सचिव थिए । जिल्ला कार्य समितिको सदस्यमा पनि सबै सर्वसम्मतरुपमा चयन भएका छन् ।

अधिवेशनको नेपाली काँग्रेसका नेता तथा पुर्वमन्त्री शंकर भण्डारीले उद्घाटन गरेका थिए । सभापती गौतमको अध्यक्षतामा भएको अधिवेशनमा सो नेपाली काँग्रेसको शेरबहादुर देउवा-शशांक कोईराला समुहका केन्द्रीय सदस्यहरु शिव हुमागाँई, जितजङ्ग बस्नेत, सिता देवकोटा, गण्डकी प्रदेशका संयोजक मेखलाल श्रेष्ठ, आमन्तित्र केन्द्रीय सदस्य पुष्प पराजुली, नेपाल दलित संघकी केन्द्रीय अध्यक्ष यमुना खड्का विक, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य श्रीराम कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सन्चालन सचिव माधव खनालले र स्वागत मन्तव्य सह–संयोजक अधिकारीले गरेका थिए । अधिवेशन अघि दमौलीमा ¥याली प्रर्दशन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू