अबैध लागू औषध सहित तिन जना पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, साउन २१

तनहुँ प्रहरीले अबैध लागु औषध सहित छुट्टाछुट्टै स्थानबाट तिन जनालाई पक्राउ गरेको छ ।

साउन १९ गते दिउँसो व्यास नपा–३ बिसघरेबाट ऋषिङ गाउँपालिका– ३ सोलुङ स्थायी घर भई हाल व्यास नपा–३ बिसघरे बस्ने ३६ बर्षिय नबिन कुमार थापालाई उनकै कोठाबाट लुकाई राखेको ५ किलो ८९० ग्राम लागु औषध गाँजा सहित पक्राउ गरेको छ । गाँजा सहित पक्राउ परेका थापालाई अनुसन्धानकोलागि आईतबार जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरि शुक्रबार नै आँबुखैरेनी गाउँपालिका–४ डम्पिङ साईड स्थित पृथ्वी राजमार्ग सडक खण्डमा पैदल हिडिरहेका तनहुँ आँबुखैरेनी गाउँपालिका–३ का ३३ वर्षिय सुरेन्द्र चुमान र गोरखा जिल्ला गोरखा नगरपालिका–१४ याङकोटका ३० बर्षिय जिवराज सेढाँईलाई शंका लागी नियन्त्रणमा लिई शरिर तलासी लिदा सुरेन्द्र चुमानले बोकेको फेन्सी झोला भित्र लागु औषध डाइजोपामको १४ थान सिसि, नोफिनको १३ थान सिसि र फेनरगनको १४ थान सिसि गरी ४१ थान लागु औषध फेला पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त लागु औषध ओसार पसारमा संलग्न दुबै जनालाई आइतबार जिल्ला अदालतबाट ८ दिनको म्याद लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनबहादुर खाँडले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को