नारायणगढ–मुग्लिन सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सडक डिभिजन भरतपुरको आग्रह

Devghat Online

शेयर गरौ

चितवन, साउन २७

सडक डिभिजन कार्यालय भरतपुरले बाटोको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ । पानी परिरहेकाले सडकको अवस्था बुझेर सुरक्षित यात्रा गर्न सो कार्यालयले अनुरोध गरेको हो ।

कार्यालयका अनुसार अहिले मुग्लिन–नारायणगढ सडकखण्डमा सवारीसाधन नियमित रूपमा सञ्चालनमा छन् । ‘मुग्लिन नारायणगढ सडक यातायात सञ्चालनमा रहेको जानकारी गराउँछौँ । पानी परिरहेकोले सडकको अवस्था बुझेर मात्र सुरक्षित यात्रा गर्नुहुन सबैमा अनुरोध छ’ कार्यालयले शनिबार जारी गरेको सूचनामा उल्लेख छ ।

वर्षा सुरु भएसँगै सडकमा निरन्तर पहिरो खसिरहेकोले सडक डिभिजनले नागरिकलाई सचेत गराएको हो । चितवनमा निरन्तर झरी परिरहेकोले पनि सडकमा जुनकुनै बेला पहिरो खस्न सक्ने त्रास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक

देवघाटका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढ्यो, सात दिने सार्वजनिक सूचना जारी

देवघाट । साउन १६ जिल्ला भूमि समस्या समाधान समिति, तनहुँले देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका