पन्चेबाजा सिक्दै मुच्चुकका युवाहरु

Devghat Online

शेयर गरौ

बन्दिपुर, साउन २७

हिजो आजका युवाहरुको साँझको समय कसरी बितेको हुन्छ ? इट्टा जत्रो मोबाइलमा घोप्टिएरै त होला नि हैन र ? तर बन्दिपुर गाउँपालिका–२ मुच्चुकका युवाहरु भने हरेक साँझ पन्चेबाजा बजाउन सिक्ने गरेका छन् ।

केही समय अघि प्राप्त भएको पन्चेबाजा सिक्न मुच्चुकका युवाहरु कस्सिएका छन् । रिस्ती विकास समाजको समन्वयमा मुच्चुकमा रहेको मुकेन्देश्वरी आमा समूहलाई नौमती बाजा हस्तान्तरण गरिएको थियो । स्थानीय समाजसेवी एवम् कांग्रेस नेता रेशम गुरुङको पहलमा मुकेन्देश्वरी आमा समूहलाई नौमती बाजा हस्तान्तरण गरिएको थियो ।

पन्चेबाजा सिकेर आफ्नो कला र संस्कृतिको संरक्षण र प्रबद्र्धन गर्ने भन्दै युवाहरुले हरेक रात एकै ठाउँमा जम्मा भएर पन्चेबाजा बजाउन सिक्दै आएका छन् ।  संयुक्त राज्य अमेरिकामा रहेका विनोद थापा, तपस भट्टराई, कुवेतमा रहेका राजेन्द्र बिराई, काठमाडौँमा रहेकी पूर्व शिक्षिका पूर्णिमा आले (कुलुङ) र तनहुँका कांग्रेसका नेता एबम् ब्यबसायी पुरुषोत्तम खनालले पन्चेबाजाको लागि आर्थिक सहयोग गरेका थिए ।

उक्त नौमती बाजा रिस्ती विकास समाज तनहुँका अध्यक्ष नवीनराज पौडेलले बन्दिपुर–२ का स्थानियलाई जिविकोपार्जन र स्वरोजगारमा टेवा पुग्ने उद्देश्यले हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता