आबुँखैरेनी अस्पातालबाट अव डायलासिस सेवा पनि सुरु गरिने

Devghat Online

शेयर गरौ

आबुँखैरेनी, साउन ३०

आँबुखैरेनी गाउँपालिकाले सन्चालन गरेको आबूँखैरेनी अस्पतालबाट अव मृगौलाको डायलासिस सेवा पनि सुरु गरिने भएको छ । त्यसकोलागि अस्पताललाई तिन थान डायलासिस मेसिन प्राप्त भएको छ ।

उक्त अस्पतालबाट डायलाइसिस सेवा प्रदान गर्ने भनि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको थियो । सोही अनुसार गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको विशेष पहलमा डायलासिस मेसिन ल्याईएको छ । गाउँपालिकाका अध्यक्ष चुमान र वडा नम्बर ३ का वडा अध्यक्ष दिनेश केसीको पहल तथा समन्वयमा ३ थान डायलाइसिस मेसिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयवाट प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।

साथै डायलासइसिस सम्बन्धी तालिमको लागि आँबुखैरेनी अस्पतालवाट सम्बन्धीत निकायमा आवश्यक स्वास्थ्यकर्मी पठाइसकेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण