देवघाट, साउन ३१
नेपाली काँग्रेस र नेकपा एमालेको आयोजनामा देवघाटमा बुधबार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरियो ।



नेपाली काँग्रेसले वडा नम्बर ५ स्थित गाउँपालिकाको सिटी हलमा दोश्रो गाउँ सम्मेलनको आयोजना गरेको थियो भने नेकपा एमालेले वडा नम्बर १ को कोटामा वडा स्तरीय कार्यकर्ता भेलाको आयोजना गरेको थियो ।

नेपाली काँग्रेस देवघाटका सभापती तिलबहादुर थापाको अध्यक्षतामा आयोजित सो सम्मेलनलाई व्यास नगरपालिकाका मेयर तथा नेपाली काँग्रेस तनहुँका निवर्तमान सभापती बैकुण्ठ न्यौपाने, जिल्ला उपसभापती देवकुमार श्रेष्ठ, क्षेत्रीय सभापती श्याम मौराती, व्यास नगर सभापती सुर्यचन्द्र हड्खले, जिल्ला सदस्य चिजा श्रेष्ठ, जिल्ला कार्यसमितिका आमन्त्रित सदस्य अर्जुन अधिकारी लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

एमालेको वडा भेलालाई भने सो पार्टीका केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज तिलकबहादुर महत, देवघाट गाउँ कमिटिका अध्यक्ष केशवचन्द्र न्यौपाने, बुद्धिजिवि परिषदका जिल्ला कोषाध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठ, एमाले जिल्ला सल्लाहाकार मणि गुरुङ्ग लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।












