काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो, १८ जनाको उद्धार

Devghat Online

शेयर गरौ

भरतपुर, भदौ ६

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका १, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । काठमाडौंबाट पश्चिम जाँदै गरेको बस बुधबार बिहान त्रिशुलीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटना बारे थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।

उक्तबसबाट अहिलेसम्म १८ जनाको उद्धार गरिएको छ । हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बसको पछाडिको ९९५२ नम्बरमात्रै देखिएको छ ।

धादिङको गजुरी २, चालीसे झरना नजिकैबाट त्रिशूली नदीमा खसेको हो । बसमा कति सवार थिए भन्ने विवरण भने आउन बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण