माल्टामा रहेका नेपाली मजदुर समूहबाट मृगौला पीडितलाई आर्थिक सहयोग

Devghat Online

शेयर गरौ

माल्टा,अगष्ट २२

रोजगारीका सिलसिलामा युरोपको माल्टामा हरेका नेपाली मजदुरहरुको समुहले दुई मृगौला पीडितलाई आर्थिक सहयोग गरेका छन् ।गत ९ महिना अघि युएइबाट माल्टा आएका तेज विक्रम खड्काले ह्वाट्एप समूह बनाई रकम संकलन गरेका हुन् ।

समूहबाट नेपाली सत्तरी हजार रुपैयाँ संकलनगरी नेपाल काठमाडौंकी दिल माया थापा मगर र दाङका नरेन्द्र बहादुर जिसिलाई जनही सैतीस हजार पाँच सय,सैतीस हजार पाँच सय उपचारको सहयोग गरिएको समूह सञ्चालक खड्काले जानकारी दिएका हुन् ।

विगत केही बर्ष देखी मृगौला फेल भएको दुई जनाकै आर्थिक अवस्था कमजोर भएको कारण उपचारमा समस्या हुँदा परिवारले सहयोगको अपिल गरेसँगै माल्टा रहेको नेपाली मजदुरहरुले रकम जुटाइएको उनको भनाई छ ।

माल्टामा नेपालीहरुको समस्याहरुमा सहयोग पुग्ने देखेर यस समूहको निर्माण गरेको उनी बताउछन् । हाल सम्म यस समूहबाट माल्टामा समस्यामा रहेका नेपालीहरुको समस्या समाधानमा सहयोग पुग्दै आइरहेकाले अझै साथीहरुलाई यस समूहमा जोडिन समेत खड्काले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले