चितवनमा आइतवार रास्वपाको पहिलो सार्वजनिक सुनुवाइ

Devghat Online

शेयर गरौ

भरतपुर, भदौ ७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले यही भदौ १० गते चितवमा पहिलो सार्वजनिक सुनुवाइ गर्ने भएको छ ।

जनताप्रति प्रत्यक्षरुपमा जवाफदेही बन्न भन्दै रास्वपाले सार्वजनिक सुनुवाइ गर्न लागेको जानकारी सभापति रवि लामिछानेले दिएका छन् ।

यस कार्यक्रममा आफ्ना समस्या, सुझाव र गुनासा लिएर आउन पनि उनले आग्रह गरेका छन् । ‘हामीले उद्‌घोष गरे अनुसार यही भदौ १० गते चितवनमा प्रथम सार्वजनिक सुनुवाइ हुन गइरहेको छ। जनप्रतिनिधि जनताप्रति प्रत्यक्ष रूपमा जवाफदेही हुनुपर्छ भन्ने मान्यताका साथ शुरू हुन गइरहेको यस कार्यक्रममा सम्पूर्ण चितवनवासीले आफ्ना समस्या, गुनासो र सुझावहरू लिएर आइदिनुहोला’ लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो कार्यक्रम जनसरोकारको विषयमा गरिएको र यसमा राज्य र समाजका सबै सरोकारवाला पक्षहरूको प्रतिनिधित्व हुने भएकोले कार्यक्रममा पार्टीको झण्डा, ब्यानर, लोगो वा पोसाक नलगाइदिनु हुन अनुरोध छ ।’

रवि गत निर्वाचन र उपनिर्वाचनमा चितवन २ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका