ग्रिन डेभलपमेन्ट बैंकद्वारा शैक्षिक सामाग्री हस्तान्तरण

Devghat Online

शेयर गरौ

दमौली, भदौ ९

ग्रिन डेभलपमेन्ट बैंकको ११ औं बार्षिकोत्सवको अवसरमा बैंकको दमौली शाखाद्वारा नुरी हनिफ स्लामिक मदर्सालाई विभिन्न शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

बैंकको स्थापना दिवसको अवसरमा बैंकका सम्पूर्ण शाखाद्वारा सामाजिक उतरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गरिएकोमा दमौलि शाखाद्वारा मुस्लिम समुदायको मदरसालाई शैक्षिक सामाग्री वितरण गरिएको शाखा प्रवन्ध सुदिप न्यौपानेले बताए । आगामि दिनहरुमा पनि विभिन्न तवरले सामाजिक उत्तरदायित्व बहन गर्ने न्यौपानेले बताए ।

बैंकले विभिन्न किसिमका आधुनिक बैंकिङ सुविधा गर्नुका साथै स्थानीय स्तरमै सञ्चालित उधमशिलतासँग सम्वन्धित तथा अन्य उत्पादनशिल क्षेत्रलाई प्राथमिकतामा राखि विभिन्न कर्जा उपलब्ध गराउँदै आउने, नेपाल सरकारबाट व्याज अनुदान प्राप्त हुने सहुलियतपुरण कर्जा प्रवाह गरेको, हालको तरलता अभावको अवस्थामा समेत निक्षेप परिचालन तथा कर्जा प्रवाहमा उल्लेख्य उपलब्धि हाँसिल गर्ने बैंकका प्रमुख कार्यकारि अधिकृत हरिबहादुर वुढाथोकीको भनाई रहेको छ ।

कास्की, बागलुङ, म्यादी र नवलपुर जिल्लामा रहेका १५ वटा शाखा कार्यलयहरुबाट विभिन्न किसिमका आधुनि बैंकिङ सुविधाहरू मोवाईल बैंकिङ, एटीएम सेवा, आईपिएस, सि–आस्वा जस्ता सुविधाका साथै वचत तथा मुद्वति खातामा आकर्षक व्याजदर प्रदान गर्दै आएको कुरा बैंकका मार्केटिङ विभाग प्रमुख संयुक्त ढाक्वाले जानकारि दिए भने वार्षिकोत्सवको अवसरमा विभिन्न नयाँ बचत खाताहरु सञ्चालनमा ल्याईएको कुरा वित्त विभाग प्रमुख दुर्गा श्रेष्ठले जानकारि गराए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँ प्रहरीद्वारा फैसला कार्यान्वयन र चालु मुद्दाका ५ जना प्रतिवादी पक्राउ

तनहुँ । साउन २० जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतको फैसला कार्यान्वयन तथा विभिन्न मुद्दाका फरार

बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका पुरुषलाई प्रहरीले उद्धार गरी अस्पताल पठायो

तनहुँ । साउन २० व्यास नगरपालिका–२ अमरापुरी पानीघट्टा स्थित बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका एक

देवघाटमा शिक्षकहरुको लागि तमु (गुरुङ) भाषा तथा खेमा लिपि प्रशिक्षण

देवघाट । साउन २० देवघाट गाउँपालिकाका विभिन्न विद्यालयहरूमा कार्यरत तमु जातीका शिक्षक–शिक्षिकाहरूका लागि तीन दिने

शुक्लागण्डकीमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई २१ दिने निवेदन आह्वान

तनहुँ । साउन १९ शुक्लागण्डकी नगरपालिकाले नगरभित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई निवेदन