निजामती सेवा दिवस: देवघाट गाउँपालिकामा भित्र कार्यक्रम, बाहिर कर्मचारीद्वारा बहिष्कार

Devghat Online

शेयर गरौ

देवघाट, भदौ २२

१९ औं निजामती सेवा दिवस आज मनाइँदै छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस मनाईएको हो।

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको छ ।

तर संघका कर्मचारीहरुलाई जस्तै समान व्यवहार नगरिएको भन्दै स्थानीय तहका कर्मचारीहरुले भने निजामती सेवा दिवस बहिष्कार गरेका छन् ।

संघका कर्मचारीहरुलाई जस्तै समान व्यवहार नगरिएको भन्दै स्थानीय तहका कर्मचारीहरुले निजामती सेवा दिवस बहिष्कार गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहहरुलाई निजामती सेवा दिवस मनाउन सर्कुलर गरेको थियो । तर प्रस्तावित निजामती सेवा विधेयकमा स्थानीय तहका कर्मचारीलाई निजामती सेवाको परिभाषामा नसमेटेको र सेवा सुविधा तथा वृद्धि विकासको सुनिश्चितता नभएको भन्दै स्थानीय तहका कर्मचारीहरुले दिवस बहिष्कार गरेका छन् ।

बिहीबारको मन्त्रिपरिषद बैठकले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८०’ लाई संघीय संसदमा पेश गर्ने निर्णय गरेको थियो ।

विभेदयुक्त व्यवस्था सहितको विधेयक संशाेधनको माग गर्दै स्थानीय तहका कर्मचारीहरुले निजामती सेवा दिवस नमनाएर बहिष्कार गर्ने घोषणा गरेका थिए । उनीहरुले विरोधस्वरुप कालोपट्टी बाँधेर काममा खटिने निर्णय गरेका छन् ।

निजामती सेवा दिवस दिवसको अवसरमा बिहिवार देवघाट गाउँपालिकामा पनि कार्यक्रम आयोजना गरियो । हलभित्र कार्यक्रम भईरहँदा बाहिर कर्मचारीहरुले भने कार्यक्रम बहिष्कार गरेका थिए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवनसिंह गुरुङ, प्रमुख प्रशासकिय अधिकृत रमेश सुवेदी लगायतले मन्तव्य राखेका थिए ।

प्रस्तावित निजामती सेवा विधेयकमा स्थानीय तहका कर्मचारीलाई निजामती सेवाको परिभाषामा नसमेटेको र सेवा सुविधा तथा वृद्धि विकासको सुनिश्चितता नभएको भन्दै स्थानीय तहका कर्मचारीहरुले दिवस बहिष्कार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल