व्यासको कार्यपालिका बैठक: बुधबारे हाटबजार सन्चालन गर्ने

Devghat Online

शेयर गरौ

दमौली, भदौ २२

व्यास नगरपालिका नगर कार्यपालिकाको नियमित वैठक विहिबार नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भयो । उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्षहरु र कार्यपालिका सदस्यहरुको उपस्थितिमा भएको बैठकले विभिन्न निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

बैठकले दमौली बजारमा परम्परागत रुपमा हुने किसानहरुको उपज समेतको बुधबारे हाटबजार आगामी असोज ३ गते संविधान दिवसको दिनबाट व्यास नगरपालिका- ३ कृषि उपज बिक्रि केन्द्रमा पुनः प्रारम्भ गर्ने निर्णय गरिएको छ ।

यसैगरि नगरपालिका अन्तरगतका योजनाहरुको सम्झौता प्रकृया एवं गाँउ नगर साझेदारी सहकारी सम्बन्धमा कार्यपालिका, सहकारी प्रतिनिधि, वडा सचिव, प्राविधिकहरुको अभिमुखिकरण कार्यक्रम भदौ २७ गते नगर सभा कक्षमा राख्ने निर्णय भएको छ ।

यस्तै हाल सञ्चालनमा आएको बहुउदेश्यीय भवनमा पुराना भवनका शाखा उपशाखा स्थानान्तरण गर्ने र पुराना भवन अमानतमा भत्काउने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै नगरपालिकाका बाँदर पिडित किसानहरुको राहत सुबिधाका लागि निःशुल्क सिफारिस दिने र मुचुल्का निर्माण समेतमा सहयोग गर्ने निर्णय भएको छ ।

व्यास नगरपालिका अन्तरगत सबै वडाहरुको सडक मापदण्ड अध्ययन गरी अन्तिम रुप दिन वडा समितिलाई निर्देशन दिने बैठकले निर्णय गरेको प्रवक्ता जीवन गुरुङले जनाएका छन् ।

२०२६/२७ सालमा बन्दिपुरबाट दमौली सदरमुकाम सार्दा स्थानीय दरैहरुलाई दिनुपर्ने जग्गा शोधभर्नाको कार्य अझै पुरा नभएकाले जग्गा उपलब्ध गराउन नेपाल सरकारसँग अनुरोध गरी सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै व्यास नगरपालिका भित्रका खेलकुद सँग सम्बन्धित क्लबहरुलाई १ महिना भित्र सुचिकृत गर्न नगर खेलकुद समितिलाई निर्देशन दिने निर्णय गरियो ।

व्यास नगरपालिका वडा नं २ मा रहेको गणेशमान पार्कको शालिक क्षेत्र तथा वडा नम्बर ३ को बुद्दपार्क क्षेत्र र महर्षि पार्क क्षेत्रको अध्ययन गरी व्यवस्थित गर्न सुझाब प्रतिवेदन पेश गर्न पूर्वाधार तथा योजना शाखालाई जिम्मा दिने निर्णय गरिएको प्रवक्ता गुरुङद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण