बन्दिपुरमा निजामती दिवसः प्रभातफेरी, बृक्षारोपण र रक्तदान कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

बन्दिपुर, भदौ २२

निजामती सेवा दिवस–२०८० को अवसरमा बन्दिपुर गाउँपालिकामा शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरियो । दिवसको अवसरमा विहान बन्दिपुर बजारमा प्रभातफेरी, शहिद पार्कमा बृक्षारोपण तथा बन्दिपुर अस्पतालमा रक्तदान कार्यक्रमको आयोजना गरियो । उक्त तिनवटै कार्यक्रमको अध्यक्षता गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले गरेका थिए ।

सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थापा, उपाध्यक्ष पन्चमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमाल, वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरु, तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गरेको गाउँपालिकाका नासु भगवान त्रिपाठीले जानकारी दिए ।

त्यस्तै दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रमका विजेता तथा उपविजेताहरुलाई पुरस्कार पनि प्रदान गरिएको थियो । दिवसको अवसरमा यस अघि बुधबार बन्दिपुर टुडिखेलमा जनप्रतिनिधि र कर्मचारी विच मैत्रीपुर्ण फुटवल प्रतियोगिता भएको थियो ।

प्रस्तावित संघिय निजामती सेवा ऐनको बिरुद्धमा देशभरका स्थानीय तहका कर्मचारीले विरोधका कार्यक्रम गरि निजामती सेवा दिवसको कार्यक्रम बहिष्कार गरेको अवस्थापनि बन्दिपुरमा भने सबै कर्मचारीहरुको सहभागितामा विभिन्न कार्यक्रम उल्लासपुर्ण रुपमा ३ दिन निजामती दिवस मनाईएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल