अनेमसंघ व्यास नगरको अधिवेशन सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, भदौ २४

अखिल नेपाल महिला संघ व्यास नगर कमिटिको अधिवेशन आइतबार दमौलीमा सम्पन्न भएको छ । अधिवेशनले कोपिला थापाको अध्यक्षतामा ३१ सदस्यिय नयाँ कार्य समिति चयन गरेको छ ।

निवर्तमान अध्यक्ष जौमाया रायमाझीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज तिलक महत, नेकपा एमालेकी केन्द्रीय सदस्य भगतवी न्यौपाने, एमाले केन्द्रीय सल्लाहाकार एकबहादुर राना र नरेन्द्रराज वाग्ले, एमाले जिल्ला कमिटिका उपाध्यक्ष हरिराज कडेंल, व्यास नगर कमिटिका अध्यक्ष विरेन्द्र अधिकारी, अनेमसंघ जिल्ला कमिटिकी अध्यक्ष विष्णुमाया ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा सहभागीहरुले हरितालिका तिजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम समेत आयोजना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण