बन्दीपुर गाउँपालिकाद्वारा रामकोटका जेष्ठ नागरिकहरुलाइ गाउँमै स्वास्थ्य सेवा प्रदान

Devghat Online

शेयर गरौ

बन्दिपुर, असोज ९

बन्दीपुर गाउँपालिकाले वडा नम्बर ३ स्थित रामकोटमा जेष्ठ नागरिकहरुलाई गाउँमै स्वास्थ्य सेवा प्रदान गरेको छ । गाउँपालिकाको बार्षिक स्वास्थ्य सेवा कार्यक्रम अन्र्तगत वडा नम्बर ३ को रामकोटबाट पहिलोपटक यो अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष सरेन्द्र बहादुर थापाले बताए ।

सोमबार बन्दीपुर अष्पताललका मेडिकल अफिसर डा. केवीनच पौडेल सहित स्वास्थ्यकर्मी रामकोट पुगेका थिए । जेष्ठ नागरिक लगायत करिव ७८ जनाले स्वास्थ्य लाभ लिएका थिए । कार्यक्रममा स्वास्थय परामर्श आँखा जाँच डेंगी नियन्त्रण सम्बन्धी सचेतनामुलक अभियान पनि गरिएको थियो ।

गाउँपालिकाले हरेक महिनाको एक पटक गाउँ–गाउँमा मेडिकल अफिसर सहित स्वास्थ्य टोली पुगी स्वास्थ्य सेवाबाट बन्चीत जेष्ठ नागरिक लगायतको स्वास्थ्य परिक्षण गर्ने अध्यक्ष थापाले बताए ।

बन्दीपुर गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष परमेश्वर भट्टराईको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा, गाउँपालिका उपाध्यक्ष पन्चमायाँ गुरुङ लगायतले स्वास्थ्य अभियानको महत्वको बारेमा मन्तव्य राखेका थिए ।सो कार्यक्रम सन्चालन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण