माल्टानेपाल अनलाइन प्रकाशन सुरु

Devghat Online

शेयर गरौ

देवघाट, असोज ९

देवघाट मल्टिमिडिया प्रालिले माल्टानेपाल अनलाइन डटकम प्रकाशन सुरु गरेको छ । रोजगारीको लागि माल्टा पुगेका नेपाली पत्रकारहरु तथा युवाहरुको समुहले उक्त अनलाइन सन्चालनमा ल्याएको हो ।

उक्त अनलाइनको प्रकाशकमा देवघाट मल्टिमिडिया प्रा.लि देवघाट रहेको छ भने प्रधानसम्पादकमा प्रकाश बगाले रहेका छन् । बगाले देवघाट अनलाइन डटकमका पनि सम्पादक हुन् । उनी डेढ दशकदेखी पत्रकारितामा संलग्न छन् । बगाले देवघाट सन्देश साप्ताहिकका संस्थापक सम्पादक पनि हुन् । बगाले हाल माल्टामा कार्यरत छन् ।

त्यस्तै सम्पादकमा विप्लव काफ्ले, कार्यकारी सम्पादकमा छेसाङ लोप्चान तथा उप सम्पादकमा पासाङ रुम्बा र व्यवस्थपान प्रमुखमा दिनेश कार्की रहेका छन् । यस अनलाइनको प्रधान कार्यालय देवघाटमा र कर्पाेरेट कार्यालय माल्टामा रहेको छ ।

‘हामी परदेशको भूमिमा पसिना बगाएर भएपनि सच्चा पत्रकारिता गर्दै जनतालाई सहि खबर पस्किरहन्छौँ । विज्ञान, प्रविधिको विकासले विश्वका गतिविधि हातबाटै हेर्न, सुन्न, पढ्न मिल्ने बनिसकेको छ । एकछिन पनि सूचना पाउने माध्यमबाट टाडै बस्न सकिदैन । हामी परदेशदेखि घरदेशसम्म सत्य, तथ्य प्रस्तुत गर्छौँ ।’ प्रधान सम्पादक बगालेले भने ।

‘सुन्दर समुन्द्रले घेरिएको माल्टालाई हिमालको चुचुराहरुले सजिएको नेपाललाई जोड्छौँ । नेपाल र नेपालीको हितमा निरन्तर लाग्छौँ, हाम्रा पाठक, दर्शकप्रति बाहेक अरु कसैप्रति हामी उत्तरदायी छैनौँ । सही सूचनाका लागि हामीलाई गर्नुभएको विश्वासप्रति आभारी छौँ ।’ उनले भने । देवघाट अनलाइनलाई झैं माया र विश्वास दिनुहुनेछ भन्ने बगालले विश्वास लिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण