सहकारीको २ करोड ७१ लाख हिनामिना गर्ने पुर्व मेनेजर पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, असोज १०

सहकारीको करिव २ करोड ७१ लाख रुपैया हिनामिना गरेको आरोपमा सहकारीका पूर्व कर्मचारी पक्राउ परेका छन् ।

भिमादमा रहेको भानुमति साना किसान कृषि सहकारी संस्था लिमिटेडका पूर्व मेनेजर चुत्र बहादुर थापालाई २ करोड ७१ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले बुधवार पक्राउ गरेको हो ।

सहकारीका सदस्यहरुले जिल्ला प्रहरी कार्याल्य तनहुँमा दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको स्रोतले जनाएको छ । तनहुँ प्रहरी प्रवक्ता डिएसपी मोहन बहादुर खाँडले थापालाई पक्राउ गरेको पुष्टि गरे । ‘उनको विरुद्ध विहिवार मुद्धा दर्ता गरिसकेपछि सार्वजनिक गर्छौ’ डिएसपी खाँडले भने ‘म पनि यसबारे थप बुझ्दैछु ।’

इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक गणेश सुवेदीको नेतृत्व र भिमाद प्रहरीको समन्वयमा गएको प्रहरीले बुधबार थापालाई पक्राउ गरिएको थियो । उक्त घटनाको बारेमा थप अनुसन्धान भईरहेको डिएसपी खाँडले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता