घण्टीको आँधीबेहरीमा पनि कांग्रेस नछाडेकोमा केशवटारबासीलाई राष्ट्रपतिको धन्यवाद

Devghat Online

शेयर गरौ

दमौली, असोज १०

राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्ब्र १ को उपचुनावमा घण्टीको आँधबेहरी बीच पनि कांग्रेस नछाडेकोमा व्यास नगरपालिकाको वडा नम्बर १४ को केशवटारका कार्यकर्तालाई धन्यवाद दिएका छन् ।

राष्ट्रपति निर्वाचित भएपछि कांग्रेस सदस्यता त्यागेका पौडेलले आफू ६ पटक निर्वाचित भएको र एक पटक पराजित भएको क्षेत्रमा आयोजित कार्यक्रममा पुगेपछि आफूलाई सम्हाल्न सकेनन् ।

राजनीतिबाट आफू पूर्णरूपमा बाहिरिए पनि सो क्षेत्रको विकासको जिम्मेवारी नछाड्ने बताउँदै भाषण अघि बढाएका राष्ट्रपति पौडेलले उपचुनावमा केशवटारले कांग्रेसलाई पहिलो भोट दिएर आफ्नो परम्परा जोगाएकोमा धन्यवाद दिए ।

पौडेल गत असोज ६ गते शहरी विकास मन्त्रालयले व्यास नगरपालिका ३ मा निर्माण गरेको दमौली सभाहलको उद्घाटनका लागि आएका थिए । राष्ट्रपति पौडेल आफ्नो राजनीतिक जीवन जोडिएको ठाउँ भएकाले त्यहाँ नजाने कुरा थिएन ।

पौडेलले भाषण गर्दा गर्दै आफूभित्रको कांग्रेसलाई रोक्न नसकेको प्रसंग भने अहिले यहाँ चर्चामा छ । पौडेल राष्ट्रपति निर्वाचित भएको रिक्त क्षेत्रमा भएको उपचुनाव राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले फराकिलो मतान्तरले जितेका थिए ।

पौडेलले त्यसलाई चुनावी आँधिबेहरीको संज्ञा दिँदै भने, ‘यो केशवटारको आफ्नै विशेषता पनि छ । यसमा मेरो आत्मीयता पनि छ । अस्ति केशवटारले वास्तावमा भन्ने हो अब यो चुनावी आँधिबेहरी कता कता के के आयो, तर केशवटारले चाहिँ कत्ति पनि आफूलाई विचलित गरेन उसले आफ्नो ठाउँ छाडेन । यस्तो ठाउँ हो केशवटार । केशवटारका साथीहरू मम भन्नुस्, त्यसका लागि धन्यवाद छ तपाईँहरूलाई ।’

कांग्रेसको गढ मानिने ब्यास नगरपालिकामा उपचुनावको बेला घण्टीले एकल दबदबा कायम गरेको थियो । व्यासको वडा नम्बर ८ र १४ मा मात्र कांग्रेसले झिनो अग्रता लिएको थियो । राष्ट्रपति पौडेलले ठाउँ छाडेन भनेर धन्यवाद दिएको केशवटारबाट कांग्रेसको ५६८ मत आएको थियो भने घण्टीको पक्षमा ५३३ मत आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण