पर्यटन दिवसमा बन्दिपुरमा खाना महोत्सव, पहिलो पर्यटकलाई सम्मान

Devghat Online

शेयर गरौ

बन्दिपुर, असोज १०

विश्व पर्यटन दिवसको अवसरमा बुधबार बन्दीपुरमा सडक खाना महोत्सव गरिएको छ । पहाडकी रानी उपनामले परिचित बन्दीपुरमा ४४ औं विश्व पर्यटन दिवस २७ सेप्टेम्बर लाई भब्य रुपमा मनाउने कार्यक्रम अन्तर्गत खाना महोत्सव आयोजना गरिएको हो ।

बन्दीपुरमा ‘सडकमै खाउँ सडकमै रमाऔँ आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गरौं’ भन्ने मुल नाराका साथ विश्व पर्यटन दिवस मनाइएको बन्दिपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए । बन्दीपुर गाउँपालिका तथा बन्दीपुर पर्यटन विकास समितिको सहकार्यमा विश्व पर्यटन दिवसको अवसर पारेर सडक महोत्सव आयोजना गरिएको समितिका अध्यक्ष किसन प्रधानले जानकारी दिए । उनका अनुसार, महोत्सवमा बन्दीपुरको स्थानीय संस्कृति देखाउने कार्यक्रम, नाचगान तथा सडक खाना महोत्सव जस्ता गतिविधि भएको थियो । महोत्सव बुधबार बिहान ९ बजेदेखि सुरू भई राति ११ बजेसम्म सञ्चालन भएको थियो ।

दिवसको अवसरमा गाउँपालिकाले सबैभन्दा पहिले बन्दिपुर आउने पर्यटकलाई स्वागत समेत गरेको थियो । विहान ८ बजे बन्दीपुर आउने पहिलो पाहुनालाई स्वागत, एवम् झाँकि सहित सम्मान गरिएको अध्यक्ष थापाले बताए । साथै बन्दीपुरबाट बाहिरिने पाहुनालाई पनि सम्मान गरिएको थियो ।

पर्यटन दिवसको अवसरमा झाँकि सहित बजार परिक्रमा, पर्यटकहरु सहितको उपस्थितिमा पर्यटन ब्यवसायी, पत्रकार बुद्धिजीवी, जनप्रतिनिधि हरू बिच अन्तरक्रिया कार्यक्रम, साँझ ७ बजे बन्दिपुर बजारमा फुड फेस्टिवल तथा बन्दिपुरको पर्यटनसँग सम्बन्धित डकुमेन्ट्री लञ्च गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको