वडा अध्यक्ष श्रेष्ठको उदाहरणीय कार्य, सर्पले टोकेकी महिलालाई आफ्नै गाडीमा राखी अस्पताल लगे

Devghat Online

शेयर गरौ

दमौली, असोज १०

तनहुँका केही जनप्रतिनिधिले आफुलाई अब्बल सावित गर्दै लगिरहेका छन् । जनताको मन जित्ने गरि केही जनप्रतिनिधिहरुले उदाहरणीय कार्य गर्दै आईरहेका छन् । यसैक्रममा ऋषिङ गाउँपालिका–८ का वडा अध्यक्ष भरतकृष्ण श्रेष्ठले लगातार लोकप्रिय काम गर्दै जनताको मन जित्दै आएका छन् ।

कहिले गाउँमा स्वास्थ्य शिविर त कहिले विरामी वडाबासीलाई आफ्नै खर्च र आफ्नै गाडी व्यवस्थापनमा अस्पतालसम्म पु¥याएर वडा अध्यक्ष श्रेष्ठले आफुलाई जनताको नजरमा उत्कृष्ट बनाउँदै लगेका छन् । केही जनप्रतिनिधिहरु राज्यको श्रोत र साधन दोहन गर्न मात्र तल्लिन भईरहेको अवस्थामा वडा अध्यक्ष श्रेष्ठले भने आफ्नो नीजि खर्चमा वडाबासीको उपचार गराउँदै आएका छन् ।

यसैक्रममा मंगलबार साँझ सर्पले टोकेर घाइते भएकी एक बृद्धाको वडा अध्यक्ष श्रेष्ठले आफ्नै गाडीमा राखेर शुक्लागन्डकी नपा स्थित जिपि कोईराला अस्पतालमा पु¥याएर उपचार गराएका छन् ।
ऋषिङ गाउँ पालिका वडा नम्बर ७ राइथोककी ५३ की प्रितम परियारलाई मंगलबार साँझ सर्पले टोके पछि वडा अध्यक्ष श्रेष्ठले आफ्नै निजी सवारी साधनमा राखेर दुलेगौंडास्थित जीपी कोइराला राष्ट्रिय श्वास प्रस्वास उपचार केन्द्रसम्म लगेर ज्यान बचाएका थिए । ति घाइते महिलाको कुनै आफन्त नभएका कारण स्थानीय उमाकान्त पौडेल र गणेश कुमार श्रेष्ठको सहयोगमा वडाध्यक्ष श्रेष्ठले राती साढे १२ बजे आफ्नै निजी सवारी आफैं चलाएर अस्पतालसम्म पु¥याएर उनको जिवन बचाएका थिए ।

विषालु सर्पले टोकेपनि समयमै उपचार पाएपछि करिब ११ घन्टाको उपचारपछि निजको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ । अस्पतालले उपचार गरेपछि निज परियारलाई बुधबार बिहान डिस्चार्ज गरेको र अहिले उनको स्वास्थ्य सामान्य रहेको जनाईएको छ । डिस्चार्जपछि वडाध्यक्ष श्रेष्ठले परियारलाई घरसम्मै लिएर सँगै आएका थिए ।

वडाध्यक्ष श्रेष्ठले यसअघि पनि विभिन्न आपत र विपदमा परेका सर्वसाधारणलाई निःशुल्क रुपमा निजी सवारी मार्फत् सेवा दिँदै आएका छन् । उनले ऋषिङ वडा नम्बर ८ का वृद्ध तथा ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि आफ्नै गाडी प्रयोग गरेर बैंकसम्म ल्याउने र लैजाने सेवा नियमित रुपमा दिइरहेका छन् । त्यसका साथै अन्य वडाका ज्येष्ठ नागरिकहरुलाई पनि सम्भव भएसम्म सेवा पु¥याउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको