बलात्कार घटनाको आरोपितलाई जन्मकैद

Devghat Online

शेयर गरौ

दमौली, असोज १६

८ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा तनहुँ जिल्ला अदालतले पीडितका १४ बर्षिय दाईलाई जन्म कैदको सजायको फैसला गरेको छ ।

जिल्ला न्यायधिश दलबहादुर केसीको इजलासले सोमबार आरोपितलाई दोषी ठहर गर्दै जन्मकैद र ३ लाख ५० हजार क्षतीपुर्ती र थप ३० हजार जरिवानाको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार केशव पौडेलले जानकारी दिए । तर अभियुक्त नावालक भएको हुँदा उक्त सजायको आधा मात्र भुक्तान गर्नु पर्ने पौडेलले जानकारी दिए ।

आरोपितले ८ बर्षिया बालिकालाई २०७८ चैत २५ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय भानुमा २०७८ चैत २७ गते उजुरी दिएकी थिइन् । सो उजुरीको आधारमा प्रहरीले आरोपितलाई सोही दिन पक्राउ गरेको थियो ।

आरोपितविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले ०७९ वैशाख १४ गते बलात्कार सम्बन्धी मुद्धा जिल्ला अदालतमा दर्ता गरेकोमा जिल्ला अदालतको आदेशमा आरोपित बैशाख १६ गतेदेखी पुर्पक्षकोलागि बालसुधार गृह पोखरामा थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक