बृद्धा बस्दै आएको घर अज्ञात समुहले भत्काईदियो, बृद्धा छिमेकीको शरणमा

Devghat Online

शेयर गरौ

दमौली, असोज १६

भानु नपा–१ नयाँ बस्तीकी ७३ बर्षिया एकल महिला रुमाया गिरीको घर गत आईतबार अज्ञात समहुले भत्काईदिएको छ । घर भत्काईदिएपछि घरबार विहिन भएकी बृद्धालाई स्थानीय समाजसेवी तथा मानवअधिकार समुह भानुकी सदस्य तुलसी गैह्रेले आफ्नो घरमा आश्रय दिएर राखेकी छिन् ।

ऐलानी जग्गामा भाईले बनाईदिएको सानो टहरोमा बस्दै आएकी गिरीको घर अज्ञात समुहले भत्काएपछि आफुले घरमा ल्याएर राखेको मानवअधिकार समुह भानुकी सदस्य गैह्रेले बताइन् । बृद्धाको एक छोरा भएपनि उनी कहिलेकाँही आउने र आमालाई कुटपिट गर्ने, बृद्धभत्ताको पैसा खोसेर लैजाने गर्ने गैह्रेले बताइन् ।

घर भत्काईदिएपछि चिन्तित अवस्थामा बृद्धा

‘कहिलेकाँही आउने छोराले कुटपिट गर्ने र अलि अलि भएको पैसा पनि खोसेर लैजाने गर्छन्’ गैह्रेले भनिन् ‘छोरालाई कारवाही गर्न प्रहरीलाई अनुरोध गरेपनि प्रहरीले उजुरी बिना कारवाही गर्न नसकिने भन्दै आएको छ ।’

इलाका प्रहरी कार्यालय भानुका इन्चार्ज प्रहरी निरिक्षक शुशिल पोख्रेलले यसबारेमा प्रहरीमा हालसम्म कुनै उजुरी नआएको बताए । ‘अव मैले जानकारी पाएँ,’ पोख्रेलले भने ‘अव टोल विकास संस्थाका व्यक्ति तथा पीडित पक्षलाई बोलाएर के भएको हो बुझ्छु र पीडितलाई न्याय दिलाउँछु ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक