रिगललाई आममाफी दिएकोमा सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ

Devghat Online

शेयर गरौ

काठमाडौं, असोज १८

गुन्डा नाइके रिगल भनिने योगराज ढकाललाई आममाफी दिएकोमा सर्वोंच्च अदालतले सरकारसँग जवाफ माग गरेको छ।

न्यायाधीश मनोजकुमार शर्माको इजलासले असोज २४ गते ५ बजेभित्र आममाफी दिनुको कारणसहित लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश दिएका हुन्।

श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल आममाफी दिने राष्ट्रपति पौडेलको निर्णयविरुद्ध भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

सर्वस्वसहित जन्मकैद पाएका तरुण दलका नेता रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिइएपछि उनी गाडीको लावालस्करसहित कारागारबाट निस्किएका थिए ।

आफ्ना श्रीमान्‌का हत्यारालाई आम माफी दिइएको भन्दै न्यायका लागि भारती यतिबेला नेपालगञ्जबाट काठमाडौं आइपुगेकी छिन। रिगललाई आममाफी दिने सरकारको निर्णयविरुद्ध चौतर्फी आलोचना भइरहेको छ।

सत्तापक्षकै नेताहरुले सरकारको निर्णयप्रति आपत्ति जनाउँनै निर्णय सच्याउन भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु, सबै स्थानीय तहमा हस्ताक्षर, सेतो रिवन वितरण र प्रभातफेरी

तनहुँ । मंसिर ९ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बुधबारबाट सुरु भएको छ ।

कांग्रेसको केन्द्रीय समिति बैठकमा पन्थले उठाए संगठन सुदृढीकरणदेखि सुशासन र समावेशितासम्मका विषय

तनहुँ । मंसिर ९ नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा संगठन

अवैध रूपमा ग्राभेल ओसारपसार गर्ने दुई टिपर नियन्त्रणमा, ४० हजार जरिवाना

तनहुँ । मंसिर ९ तनहुँको भिमाद नगरपालिकाबाट अवैध रूपमा प्राकृतिक स्रोतसाधन (ग्राभेल) ओसारपसार गरिरहेका दुईवटा