काठमाडौं, असोज २१
प्रतिनिधि सभाका सांसद स्वर्णिम वाग्लेले तनहुँको स्वास्थ्य संरचनाले लोकतान्त्रिक संघर्षका ठुला ठुला गित गाउने तनहुँलाई गिज्याईरहेको बताएका छन् ।



प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद वाग्लेले तनहुँ जिल्ला डेंगीले आक्रान्त भएपनि प्रदेश र संघीय सरकारबाट यसको रोकथाममा कुनै सहयोग नभएको सांसद वाग्लेले बताए । जिल्ला सदरमुकाममा रहेको १५ सैयाको अस्पतालको संरचनाले लोकतान्त्रिक संघर्षका ठुला ठुला गित गाउने तनहुँलाई गिज्याईरहेको सांसद वाग्लेको भनाई छ ।
‘तनहुँ डेंगीले अक्रान्त छ, विगत १५ दिन देखी हरेक साँझ दमौली अस्पतालका प्रमुखसँग जानकारी लिने गरेको छु’ सांसद वाग्लेले भने ‘औषत सय जानको परिक्षण हुँदा ७० प्रतिशतमा डेंगी पोजेटिम भएको अवस्था आएको छ ।’
डेंगी परिक्षणको किट सहित स्वास्थ्य सामाग्रीहरुहरु सांसदले पठाउनु पर्ने अवस्था भएको भन्दै उनले प्रदेश र संघ संरकारले यसमा खासै पहल नगरेको बताए ।












