लघुवित्तका कर्मचारी पौडेल बेपत्ता, खोजीमा सहयोग गर्न परिवारजनको आग्रह

Devghat Online

शेयर गरौ

देवघाट, असोज २३

काठमाडौं, ढुङ्गेधारा निवासी ग्रामिण विकास लघुवित्त वित्तीय सस्था लि. चोरमारा, नवलपुर (बर्दघाट सुस्तापुर्व) मा सहायक अधिकृत पदमा कार्यरत ४४ बर्षिय राजेन्द्र पौडेल गत असोज १७ गते बिहिबार हबिहानबाट बेपत्ता भएका छन् । काठमाडौंबाट नवलपुरको चोरमारा स्थित कार्यालय जान भनि सार्वजनिक गाडीमा चढेर आएका पौडेल धादिङ जिल्लाको गजुरी आईपुग्दासम्म सम्पर्कमा रहेको र त्यसपछि वेपत्ता भएको उनको परिवारले जनाएको छ ।

बिहान ६ बजे घरबाट हिडेका पौडेल बिहान पौने ११ बजे धादिङको गजुरीमा आईपुगेपछि ‘गाडी जाममा परेको छ’ भनेर परिवारलाई जानकारी गराएका पौडेल त्यसपछि भने सम्पर्क विहिन भएको परिवारले जनाएको छ । टाउकोमा कपाल नभएका उनले रातो टोपी, हल्का निलो टिसर्ट, खरानी रङको पाईन्ट र हरियो विनचिटर लगाएर कार्यालय जान हिडेको परिवारले जनाएको छ ।

पौडेललाई देख्ने, गाडीमा चढेको वा झरेको देख्ने गाडी चालक, सह चालक, यात्रु तथा अन्य सर्वसाधरणले नजिकको प्रहरी चौकीमा वा मोवाईल नम्बर ९८४१७५६२९९, ९८५६००००९९ वा कार्यालयको फोन नम्बर ०७१–४३८९५१, ४३८९५३ वा सुचना अधिकारीको मोवाईल नम्बर ९८४२६२२०४९ मा सम्पर्क गर्नुहुन परिवारले अनुरोध गरेका छन् ।

पौडेलको परिवार केही केही वर्ष अघि देवघाटबाट काठमाडौं बसाई सरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा