भानुुमा शुभकामना आदान प्रदान कार्यक्रम

Devghat Online

शेयर गरौ

डुम्रे, असोज २५

भानुु नगरपालिकामा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको छ । बडा दशैं, शुभ दिपावली, छठ पर्व र नेपाल सम्बतको पूर्व सन्ध्यामा भानु नगरपालिकाको आयोजनामा वडा नम्बर १ को ग्रीनपार्कमा कार्यक्रमको आयोजना गरिएको भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए ।

नगर प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस तनहुँका उप–सभापति देवकुमार श्रेष्ठ, सचिव सहदेब अधिकारी, काँग्रेस नगर सभापति रामकुमार श्रेष्ठ, नेकपा एमाले प्रदेश कमिटि सदस्य प्रेम राना, राष्ट्रिय स्वतन्त्र पार्टि भानु नगर सभापति विष्णुप्रसाद पोख्रेल, राप्रपा जिल्ला सभापति दिपक पिया, नगरपालिकाका पूर्व मेयर उदयराज गौली, पूर्व उप–मेयर आशा थापा, शसस्त्र प्रहरी बल मनकामना गणका गणपति प्रहरी उपरीक्षक कमलचन्द्र गैह्रे, वडा नम्बर ५ का वडा अध्यक्ष नहकूल अधिकारी, वडा नम्बर १ का पूर्व वडा अध्यक्ष प्रेम लामा, उद्योग वाणिज्य संघ भानु नगर सभापति कुष्ण कुमार श्रेष्ठ, लगाएतले शुभकामना ब्यक्त गरेका थिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले स्वागत गरेको सो कार्यक्रममा नगरपालिकाकी उप–मेयर उमा गोतामेले सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण नगरपालिकाका सुचना अधिकारी कृपाहरी लौडारीले गरेका थिए ।

कार्यक्रममा रुरु भैरब दल गणका गणपति हिमाचल जङ शाह, विभिन्न आमा समूहका अध्यक्ष एवं प्रतिनिधि, युवा क्लब, सहकारीका अध्यक्ष, समाजसेवी, बुद्धिजिबी लगाएत स्थानीयको सहभागिता रहेको मेयरका स्वकिय सचिब सुजन थपलियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा