बन्दिपुरको टोल- टोलमा डाक्टर सहितको विशेषज्ञ स्वास्थ सेवा सन्चालन

Devghat Online

शेयर गरौ

बन्दिपुर, असोज ३०

बन्दीपुर गाउँपालिकाले टोल-टोलमा डाक्टर सहितको विशेषज्ञ स्वास्थ्य सेवा सन्चालन गरेको छ । सोमबार वडा नम्बर-६ को ग्याजाटार, बाग्थलमा बिशेषज्ञ डाक्टर सहितको स्वास्थ्य सेवा साथै आँखा जाँच कार्यक्रम आयोजजा गरियो ।

सो शिविरमा जसमा ९३ जनाको स्वास्थ्य तथा आँखा परिक्षण भएको छ । शिविरमा आएका ज्येष्ठ नागरिकले स्वास्थ्यकर्मीहरू टोल टोलमा आएर आफ्नो जाँच गरिँदिदा आफूहरूको दुःख हटेको बताउँछन्।

लौरीको सहारामा पूरै दिन खर्च गरेर सकी नसकी स्वास्थ्य चौकीमा जानु नपर्ने कुराले आफूहरूलाई ठूलो राहत भएको उनीहरूको भनाई छ।

बन्दिपुर गाउँपालिकाले ज्येष्ठ नागरिकहरूको स्वास्थ जटिलतालाई मध्यनजर गरेर टोलमा नै पुगेर उनीहरूको स्वास्थ्य परीक्षण गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए।

वडामा रहेका स्वास्थ्य संस्थाहरूमा पुग्न ज्येष्ठ नागरिकले धेरै दुःख गर्नुपर्ने भएकाले बन्दिपुर अस्पतालमा कार्यरत डाक्टरहरु सहित गाउपालिका अन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरूलाई पालो र तालिका अनुसार स्वास्थ सस्था हरुको पहुँचबाट टाढा रहेका टोलहरुमा पठाउने गरिएको छ।

निश्चित टोलका ज्येष्ठ नागरिकहरूलाई एकै ठाउँमा भेला पारेर सबैलाई एकै ठाउँबाट सेवा दिँदा उनीहरूले लामो दूरी हिँड्नु नपर्ने गरी टोल टोलमा नै स्वास्थ्य शिविरको व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

‘एउटै पालिका भए पनि एउटा गाउँका वृद्ध बुबाआमालाई अर्को गाउँमा रहेको स्वास्थ्य चौकीमा पुगेर स्वास्थ्य परीक्षण गरेर आउँदा दिन नै जान्छ। स्वस्थ भए त हिँड्न सक्नुहोला। बुढेसकालमा घुँडा दुख्ने, दम हुने, आँखा नदेख्ने, ढाडका समस्या धेरैमा हुन्छन्’, अध्यक्ष थापाले बताए । ‘यस्ता समस्या भएका नागरिकहरू स्वास्थ्य संस्थासम्म हिँडेर जान सक्ने अवस्था रहँदैन। गाउँमा वडाबाट वडा जोड्ने गरी सवारीहरू चल्दैनन्। सबैका घरमा सवारी पनि छैनन्। ग्रामीण क्षेत्रमा एउटा गाउँबाट अर्को गाउँमा जाने सवारी छैनन्।’

शिविरमा ज्येष्ठ नागरिक सहित सबैको निःशुल्क र अनिवार्य रूपमा स्वास्थ्य जाँच गरिन्छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले नसर्ने रोगले भित्रभित्रै कमजोर पारिरहेकोबारे व्यक्ति बेखबर रहँदा जटिल स्वास्थ्य समस्याहरू अचानक देखा पर्ने बताउछन् ।

यो अभियानका लागि स्वास्थ्यकर्मीहरूलाई कामको चाप बढी हुने भए पनि उनीहरू पनि तयार रहेको उनको भनाई छ। महिनामा २ पटक गाउँपालिका अन्तर्गत स्वास्थ्य सस्थाको पहुँच नपुगेको टोलमा पुगेर शिविर चलाएर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने गरिएको बन्दिपुर गाउँ पालिकाका प्रशासन शाखाका नासु भगवान त्रिपाठीले जानकारी दिए ।

स्वास्थ्यकर्मीहरूबाट स्वास्थ्य परीक्षण‚ परामर्श सेवा, सामान्य उपचार सेवा र प्रेषण सेवा प्रदान हुन्छ। शिविरबाट टोल टोलमा आधारभूत स्वास्थ्य सेवा पनि प्रदान गरिने गाउँ पालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले बताए ।

 

भट्टराईका अनुसार नसर्ने रोगसम्बन्धी प्रारम्भिक पहिचानमा केन्द्रित हुने शिविरहरू गाउँपालिकाका ६ वटा वडामा रहेका ५० भन्दा बढी टोलमा केन्द्रित हुनेछन्। एउटा टोलमा कम्तिमा पनि ३ महिनामा एक पटक डाक्टर सहित स्वास्थ्यकर्मीहरूको टोली पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको