तनहुँमा प्रहरी दिवस मनाइयो

Devghat Online

शेयर गरौ

दमौली, असोज ३०

६८ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय तनहुँको आयोजनामा मंगलबार विभिन्न कार्यक्रम गरि मनाईयो । सो अवसरमा उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान, खेलकुँद प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण, अमर प्रहरीहरुलाई श्रद्धान्जली र शुभकामना मन्तव्यको कार्यंक्रम गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक अबदेव विष्ट क्षेत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सिमित श्रोत र साधनको बाबजुद नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा स्थापना गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए ।

सो अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँड, बरिष्ठ प्रहरी नायव निरिक्षक तथा जिल्ला ट्राफिक प्रहरी प्रमुख राजिव विष्ट तथा प्रहरी सहायक निरिक्षक घनश्याम चौधरीलाई पुरस्कृत गरिएको थियो ।

साथै प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयद्वारा आयोजित विभिन्न खेलकुँद प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गरिएको थियो । त्यस्तै कार्यक्रममा अमर प्रहरीका परिवारलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो