दशैंको मुखमा देवघाटका सुभासले ल्याए ‘दशैं आयो तिहारै’ गित

Devghat Online

शेयर गरौ

दमौली, असोज ३०

देवघाटका युवा गायक सुभास तिमिल्सेनाले दशैंको अवसर पारेर ‘दशैं आयो तिहारै’ गित ल्याएका छन् । गायिका गिता पाण्डेसँगको सहकार्यमा सुभाषले नेपालीहरुको महान चाड दशैं र तिहारको अवसरमा दशैं तिहारको महत्व झल्काउने गित बजारमा ल्याएका हुन् ।

उक्त गितको भिडियोलाई पुजा ठकुरीले निर्देशन गरेकी हुन् । देवघाट–५ का भवानी तिम्सिनाका छोरा सुभासले नेपाली गित संगित क्षेत्रमा पाइला अगाडी बढाउँदैछन् । उनले हालसम्म ८ वटा गीत बजारमा ल्याईसकेका छन् ।

सुभासले हालसम्म ‘तिमिले छोडेको पल’, ‘छेउमा बस्न देउ’, ‘मज्जा थियो’, ‘खल्लो माया’, ‘राष्ट्रिय एकताको प्रतिक बिर नेपाली सेना’ लगायतका गितमा स्वर दिईसकेका छन् ।

दशैंको अवसरमा ल्याईएको गित ‘दशैं आयो तिहारै’ लाई पनि माया र साथ दिन सुभासले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले