गठबन्धन दलका उम्मेदवार पराजित भएपछि एनआरएन निर्वाचन बदर गर्न सरकारलाई दबाब

Devghat Online

शेयर गरौ

काठमाडौं, कार्तिक ३

गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा सत्ता गठबन्धनसँग आबद्ध उम्मेदवारहरु पराजित भएपछि नवनिर्वाचित कार्य समितिलाई सरकारबाटै भंग गराउने चलखेल शुरु भएको छ ।
बिहीबार राति घोषणा भएको अन्तिम मत परिणाममा एमाले निकट प्रवासी नेपाली मञ्चले समर्थन गरेका बद्री केसीसहित उनको प्यानलका अधिकांश पदाधिकारी र सदस्यले जितेपछि हार्ने पक्षले मत परिणाम अस्वीकार गरेको छ ।

उपाध्यक्षका उम्मेदवार केशव पौडेलको काठमाडौंबाट गरिएको मत विद्युतीय मेसिनले नदेखाएपछि अन्य पदका पराजित उम्मेदवारले समेत सबै प्रक्रिया रद्द गर्न माग गरेका हुन् । अध्यक्षका उम्मेदवार माओवादीका आरके शर्मा र कांग्रेसका महेश श्रेष्ठले मत परिणाम अस्वीकार गरेका छन् ।

शुक्रबार नै कांग्रेस र माओवादी निकट अध्यक्षका उम्मेदवार तथा एनआरएनका गठबन्धन पक्षधर नेताहरुले प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेर निर्वाचनमा धाँधली भएको जानकारी गराएको शर्माको सचिवालयले जनाएको छ ।

उनीहरुले प्रहरी र साइबर ब्युरोमा कारबाहीको माग गर्दै निवेदनसमेत दिएका छन् । पराजित पक्षले निर्वाचन अवैधानिक भएको घोषणा गर्न परराष्ट्र मन्त्रीमार्फत दबाब दिएका छन् । मन्त्रालयले शुक्रबार साँझसम्म निर्वाचन अवैध भएको वक्तव्य दिने दाबीसमेत उनीहरुको छ ।

मन्त्रालय स्रोतले तत्कालै एनआरएन विवादमा सरकार पस्ने कि नपस्ने भन्ने छलफलमै रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको