चितवनमा राजमार्गको पुलमुनि हातखुट्टा बाँधेर बोरामा महिला र पुरुषको शव भेटियो

Devghat Online

शेयर गरौ

चितवन, मंसिर ६

भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित राजमार्गको पुलमुनि हात खुट्टा बाँधेको दुई जनाको शव फेला परेको छ ।

बुधबार दिउँसो एक बजे उक्त शव फेला परेको चितवन प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी विजयराज पण्डितका अनुसार हातखुट्टा बाँधेर बोरामा हालेको अवस्थामा महिला र पुरुषको शव भेटिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शव भेटिएको स्थल भरतपुर महानगरपालिका वडा नम्बर ९ र १२ को सिमाना मिलनचोक स्थित पूर्व पश्चिम राजमार्गको पूल मुनि पर्छ । प्रहरीका अनुसार उनीहरूको उमेर अन्दाजी ३५ वर्षको हुन् सक्छ । दुवै जनाको अनुहार चोटका कारण पहिचान गर्न सक्ने अवस्था छैन । दुवै जनाको हातखुट्टा एकै ठाउँमा बाँधेर राखिएको अवस्था रहेको डीएसपी पण्डितले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र