देवघाटको बैदी स्वास्थ्य चौकीमा ग्रामिण अल्ट्रासाउन्ड सुरु

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर १४

देवघाट गाउँपालिका–२ स्थित बैदी स्वास्थ्य चौकीमा ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रम सन्चालन गरिएको छ । ग्रामिण क्षेत्रका गर्भवती महिलाहरुको स्वास्थ्य परिक्षणको लागि गाउँकै स्वास्थ्य चौकीमा नै भिडियो एक्सरे सेवा सन्चालन गरिएको हो ।

उक्त सेवाको विहिबार देवघाट गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष मिनबहादुर रानाले उद्घाटन गरे । त्यसक्षेत्रका गर्भवती महिलाहरुको भिडियो एक्सरे गर्नकालागि शहरी क्षेत्रको स्वास्थ्य संस्थामा जानु पर्ने बाध्यता अन्त्य गर्न देवघाट गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा ग्रामिण भिडियो एक्सरे सेवा सन्चालन गरिएको बैदी स्वास्थ्य चौकीका प्रमुख पुष्पहरि रानाभाटले बताए ।

यो सेवाले गर्भवती महिलाको समय र पैसाको बचत हुने र शहरी क्षेत्रमा जाँदा हुने यातयातको झन्झटबाट पनि मुक्ति मिल्ने रानाभाटले बताए । उक्त सेवा प्रत्येक महिनाको एक पटक सन्चालन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी