एमालेको मध्यपाहाडी लोकमार्ग पदयात्रा सफल पार्न तनहुँमा बैठक

Devghat Online

शेयर गरौ

दमौली, मंसिर १४

नेकपा एमालेले विहिबारबाट सन्चालन गरेको बैतडीको झुलाघाट देखि पाचथरको चुवाभन्ज्याङसम्मको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिको लागि संकल्प यात्रा सफल पार्न तनहुँमा छलफल गरिएको छ ।

एमाले जिल्ला कमिटी तनहुँको सचिवालयको बैठक विहिबार पार्टी कार्यलय दमौलीमा बसी उक्त यात्रा सफल पार्ने विषयमा छलफल गरिएको हो । उक्त पदयात्रा अन्तगर्त मंसिर २२ गते लमजुङको सुन्दरबजारमा विशाल जनसभा हुने भएको छ । उक्त जनसभामा तनहुँबाट धेरै भन्दा धेरै पार्टीका कार्यकर्ता र आमजनताको सहभागिता गराउने बारेमा एमाले तनहुँको सचिवालय बैठकले निर्णय गरेको छ ।
मध्यपाहाडी लोकमार्गमा पर्ने लमजुङको सुन्दरबजारमा मंसिर २२ गते जनसभा हुने भएको छ । सोही जनसभामा तनहुँको तर्फबाट हुने सहभागिताको बारेमा बैठकमा छलफल भएको एमाले तनहुँका उपसचिव खिम कुमालले जानकारी दिए ।

एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा पोलिट्व्युरो सदस्यहरु टुकराज सिग्देल र लिलबहादुर थापा, केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज तिलक महत, केन्द्रीय सदस्य भगवती न्यौपाने, गन्डकी प्रदेश कमिटिका सचिव धनन्जय धवाडी लगायतका नेताहरुको विशेष उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय