देवघाटमा वडा स्तरमा योजना सम्झौता र अभिमुखीकरण हुने

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर १५

देवघाट गाउँपालिकाले वडा स्तरबाट योजनाहरुको सम्झौता र योजना कार्यान्वयन सम्बन्धी अभिमुखीकरण गर्ने भएको छ । गाउँपालिकाका पाँच वटै वडामा गई योजना सम्झौता गरि उपभोक्ता समितिलाई योजना कार्यान्वयनकोलागि अभिमुखीकरण तालिम दिइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिए ।

चालु आर्थिक वर्ष ०८०÷८१ मा विभिन्न वडामा कार्यान्वयन हुने योजनाको सम्झौता तथा योजना सन्चालन सम्बन्धमा उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखीकरण तालिम तथा अन्तरक्रिया समेत गर्नको लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा सम्बन्धित शाखाका कर्मचारीहरु समेतको सहभागितामा कार्यक्रम गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए ।

त्यसकोलागि गाउँपालिकाले सबै वडामा मिति समेत तोकेको छ । वडा नम्बर १ मा मंसिर २४ गते, वडा नम्बर २ मा मंसिर २५, वडा नम्बर ३ मा मंसिर २६, वडा नम्बर ४ मा मंसिर २८ र वडा नम्बर ५ मा मंसिर २९ गते अभिमुखीकरण र योजना सम्झौता गरिने छ ।

उक्त कार्यक्रममा आउँदा योजना सम्झौताको लागि उपभोक्ता भेला, समिति गठन, वडाको सम्बन्धीत प्राविधिकबाट इष्टमेट तयारी, उपभोक्ता समितिले बेहोर्नु पर्ने तोकिए बमोजिमको लागत सहभागिता लगायतका सबै प्रक्रिया पुरा गर्नु पर्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय