कार्यस्थलमा हुने लैङ्गिक हिंसा सम्बन्धी कानुनी सचेतना देवघाटमा सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर १५

कार्यस्थलमा हुने लैङ्गिक हिंसा सम्बन्धी कानुनी सचेतना कार्यक्रम शुक्रबार देवघाटमा सम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित सो कार्यक्रममा कार्यस्थलमा हुने लैङ्गिक हिंसाको बारेमा अधिवक्ता गोपिलाल देवकोटा र संगिता उप्रेतीले सहजिकरण गरेका थिए ।

‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङ र प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले लैङ्गिक हिंसा विरुद्ध शुन्य सहनशिलताको नीति अपनाउनु पर्ने बताए । कार्यक्रममा गाउँपालिकाकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शुभद्रा भट्टराई कार्यक्रमको बारेमा जानकारी गराएकी थिइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा ५५ को सहभागिता रहेको थियो । सो कार्यक्रम शनिबारसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती