देवघाटको विकासमा आधारित रेडियो कार्यक्रम, देवघाटको धार्मिक पर्यटनको प्रचार प्रसारमा जोड

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर १६

मध्य नेपालको तनहुँ, चितवन र नवलपुर जिल्लामा फैलिएको पवित्र तिर्थस्थल देवघाटधामको विकास र यस क्षेत्रको धार्मिक पर्यटनको प्रबद्र्धन गर्ने उद्देश्यले शनिबार देवघाटमा स्थलगत बहसमा आधारित रेडियो कार्यक्रम सन्चालन गरिएको छ ।

रेडियो नेपालको आयोजनामा भएको सो कार्यक्रममा देवघाट देशकै महत्वपुर्ण धार्मिक गन्तव्य भएपनि यसले उचित प्रचार प्रसार नपाएकोमा वक्ताहरुको जोड थियो । रेडियो नेपालले देवघाटको धार्मिक पर्यटनको प्रबद्र्धन गर्न र यस क्षेत्रको धार्मिक महत्वको प्रचार गर्ने उद्देश्यले आयोजना गरेको रेडियो बहसले यस क्षेत्रको धार्मिक पर्यटनको प्रबद्र्धन हुने विश्वास पनि व्यक्त गरिएको छ ।

कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाटको धार्मिक साँस्कृतिक तथा प्राकृतिक महत्व तथा धार्मिक पर्यटन प्रवद्र्धनका लागि सबैसँग सहकार्य गर्न तयार रहेको बताए । देवघाटलाई मुलुककै महत्वपुर्ण धार्मिक गन्तव्य बनाउने गरि गाउँपालिकाले नीति बनाएर कार्यान्वयन गरिरहेको अध्यक्ष थापाले बताए ।

सो कार्यक्रममा बोल्ने सहभागि वक्ताहरुले देवघाटधामको धार्मिक, पर्यटकीय तथा सांस्कृतिक महत्व, पर्यटन प्रवद्र्धनका लागि भै रहेको प्रयास तथा यसको चुनौती र समस्या समाधानका लागि सरोकारवाला निकायको भुमीकाको विषयमा धारणा राखेका थिए ।

सो रेडियो बहस कार्यक्रममा वडा नम्बर ५ अध्यक्ष पूर्ण बहादुर कुँवर, वडा सदस्य बुद्धि बहादुर पाण्डे, यामबहादुर मगर, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल, देवघाट महिला सञ्जालकी अध्यक्ष राधा खनाल, भरतपुर महानगरपालिका पर्यटन बिद डा.विश्व सुवेदी, कालिका सामुदायिक वनका अध्यक्ष कृष्णराज न्यौपाने, देवघाट गाउँपालिकाका पर्यटन शाखा प्रमुख होमबहादुर भारती, देवघाट उद्योग बाणिज्य संघका रोशन श्रेष्ठ, रेडियो देवघाटका गोपाल शर्मा न्यौपाने लगाएतले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय