अपाङ्गता भएका व्यक्तिहरूमाथि विद्यमान कानुनमै पनि विभेद छः सभापति पन्थ

Devghat Online

शेयर गरौ

काठमाडौं, मंसिर १७

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले विद्यमान कानुनहरूमै पनि अपाङ्गता भएका व्यक्तिहरूमाथि विभेद कायम रहेको बताएका छन् । उनले मौजुदा कानुनी व्यवस्थाको कमजोर कार्यान्वयन र कतिपय विद्यमान कानुनमै भएको विभेदका कारण पनि अपाङ्गता भएका व्यक्तिहरू थप मर्कामा परेको र पीडा खेप्न बाध्य रहेको बताए ।

अपाङ्गता भएका व्यक्तिको ३२ औँ अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा आइतबार सभापति पन्थले शुभकामना व्यक्त गर्दै सरकारले अपाङ्गता भएका व्यक्तिलाई समान अधिकार दिलाउन तीनै तहका सरकार र निकायहरूको उच्च प्राथमिकता हुनुपर्ने माग गरे ।

‘अपाङ्गता भएका व्यक्तिको सम्मानजनक, मर्यादित र स्वतन्त्र जीवनयापनका लागि संविधान प्रदत्त मौलिक हक तथा नेपाल पक्ष रहेको अपाङ्गता अधिकार सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि र सम्बन्धित कानुनहरूको सफल र प्रभावकारी कार्यान्वयन हुनुपर्दछ,’ उनले भने, ‘सबै तहका सरकार र निकायको उच्च प्राथमिकता हुनुपर्दछ ।’

मौजुदा कानुनी व्यवस्थाको कमजोर कार्यान्वयन र कतिपय कानुनका विद्यमान विभेदले अपाङ्गता भएका व्यक्तिहरू थप मर्का र पीडा भोगिरहनु परेको उनको भनाइ छ ।

कांग्रेसनिकट राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको अध्यक्ष समेत रहेका सांसद पन्थले सरकारले अपाङ्गता भएका व्यक्तिका लागि राष्ट्र सङ्घमा गरेका सबै प्रतिवद्धताहरुको कार्यान्वयनमा जोड दिए ।

‘अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धि र दिगो विकासका लागि २०३० एजेन्डाद्वारा अपाङ्गता भएका व्यक्तिका लागि सबै मानवअधिकारको पूर्ति गर्ने राष्ट्रसङ्घको प्रतिबद्धता छ । यस वर्षको नाराले त्यसलाई थप बलियो बनाएको छ । दिगो विकास लक्ष्यको मूल मर्म नै विकासका हरेक क्षेत्रमा कसैलाई पनि पछाडि नछोड्ने हो,’ पन्थले भने ।

दिगो विकास लक्ष्यले अपाङ्गता भएका व्यक्तिलाई मुख्य लाभग्राहीका रूपमा समेटेको उनले बताए । ‘व्यवहारिक रूपमा यसको अर्थ विकासमा सबैभन्दा पछाडि परेकालाई प्राथमिकतामा राखेर विकासका कार्यक्रमहरू लागु गर्नुपर्छ भन्ने हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय