तनहुँका ट्राफिक प्रहरी प्रमुख विष्टको बिदाई

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २०

केही दिन अघि सरुवा भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी वरिष्ठ नायव निरिक्षक राजिव विष्टको बिदाई गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अबदेश विष्ट लगायत ट्राफिक प्रहरी मातहतका अधिकृत तथा जवानहरुले बुधबार विष्टलाई बिदाई गरेका हुन् । विष्टको तत्कालको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा सरुवा भएको छ ।

तनहुँमा करिब १४ महिनाको बसाईको क्रममा विष्टले सवारी नियम कार्यान्वयनमा उल्लेख्य कार्य र सुधार गरेका थिए । उनको कार्यकालमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले हालसम्मको सबैभन्दा धेरै ४ करोड भन्दा बढि राजश्व संकलन गर्न सफल भएको थियो ।

त्यस्तै विष्टको कार्यकालमा पहिलोपटक तनहुँमा मापसे गर्ने सवारी चालकलाई अनिवार्य कक्षा लिनुपर्ने व्यवस्था सुरु गरिएको थियो । मापसे चेकिङलाई कडाई, राजश्व असुलीमा बैंकिङ प्रणाली लागू, लामो दुरीका सवारीसाधनको लागि आबुँखैरेनीमा डबल चालक दर्ता गर्नुपर्ने प्रावधान पनि विष्टको कार्यकालमा सुरु गरिएको थियो ।

बिदाई कार्यक्रममा विष्टले तनहुँ बसाईको क्रममा आफुलाई जिल्लाबासीको तर्फबाट प्राप्त सहयोग प्रति आभार व्यक्त गरे ।

विष्टको सरुवा पछि तनहुँमा ट्राफिक प्रमुखको रुपमा प्रहरी नायव निरिक्षक सन्तोष पौडेल आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले